काठमाडौं, अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ ।
जारी कोपा अमेरिकामै मेस्सीले सो कीर्तिमान बनाएका हुन् ।अर्जेन्टिनाले जारी प्रतियोगितामा गरेका ११ गोलमध्ये ९ वटा गोलमा कप्तान मेस्सी प्रत्यक्ष रूपमा संलग्न छन् ।
यस्ता छन मेस्सीले जारी प्रतियोगितामा बनाएका कीर्तिमान :
मेस्सीले पूर्व कप्तान जाभियर मास्चेरानोको कीर्तिमान तोड्दै अर्जेन्टिनाको जर्सीमा सर्वाधिक खेल खेले । मास्चेरानोले अर्जेन्टिनाका लागि १ सय ४७ खेल खेलेका थिए । समूह चरणमा बोलिभियाविरुद्धको खेलसँगै मेस्सीको अन्तर्राष्ट्रिय खेल संख्या १ सय ४८ पुग्यो । कोलम्बियाविरुद्धको सेमिफाइनल खेल उनको १ सय ५० औँ अन्तर्राष्ट्रिय खेल थियो ।
मेस्सीले अहिलेसम्म ६ वटा कोपा अमेरिका खेलिसकेका छन् । उनले २००७ देखि २०२१ सम्म निरन्तर रूपमा कोपामा प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि मास्चेरानोको नाममा सर्वाधिक ५ वटा कोपा खेल्ने कीर्तिमान थियो ।
जारी प्रतियोगितामा मेस्सीले ६ खेलमा पाँचवटा एसिस्ट गरिसकेका छन् । कोपा अमेरिकाको एकै संस्करणमा यति धेरै एसिस्ट गर्ने मेस्सी पहिलो खेलाडी हुन् ।
मेस्सीले बनाउन सक्ने थप कीर्तिमान
१. सर्वाधिक धेरैपटक कोपा खेल्ने कीर्तिमान
फाइनल खेलेसँगै मेस्सीका नाममा यो कीर्तिमान संयुक्त रूपमा कायम रहनेछ । चिलीका सर्जियो लिभिङस्टोनले अहिलेसम्म कोपामा सर्वाधिक ३४ खेल खेलेका छन् । अहिलेसम्म आफ्नो खेलसंख्या ३३ पुर्याएका मेस्सीले फाइनलमा मैदान उत्रनासाथ यो कीर्तिमान बराबरी गर्नेछ ।
२. कोपा अमेरिकामा सर्वाधिक गोल
जारी कोपामा मेस्सीले ६ खेलमा चार गोल गरेका छन् । कोपाका ६ वटा संस्करण खेल्ने क्रममा मेस्सीले कुल १३ गोल गरेका छन् । ब्राजिलका जिजिन्हो र अर्जेन्टिना नोर्बेर्टो मेन्डेजका नाममा कोपामा सर्वाधिक १७–१७ गोल गर्ने कीर्तिमान छ । यो कीर्तिमान बराबरी गर्न मेस्सी अझै चार गोलले पछि छन् ।
प्रतिक्रिया