काठमाडौं - नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोच तथा वरिष्ठ गायक दीप श्रेष्ठ सेटमा फर्किएका छन् । पूर्ण रुपमा निको भएपछि दीप श्रेष्ठ सेटमा फर्किएका हुन् ।
कोरोना भाइरसबाट संक्रमित भएपछि श्रेष्ठको २ साता भन्दा बढी अस्पतालमा उपचार भएको थियो । उनी, कोरोनामुक्त भए पनि केही समय आराम गर्न घरमै बसेका थिए । श्रेष्ठको अनुपस्थितिमा गायक राजेश पायल राई कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’को कुर्सीमा बसेका थिए ।
श्रेष्ठ सेटमा फर्किए सँगै अब 'द भ्वाइस'को सेटमा हरेक शुक्रबार र शनिबार दर्शकले उनलाई कोचको भूमिका निर्वाह गरेको देख्न पाउने शोका निर्देशक लक्ष्मण पौडेलले बताए ।
‘द भ्वाइस अफ नेपाल’ उत्कृष्ट १२ मा पुगेको छ । अब भने दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरू पहिरिनेछन् ।
प्रतिक्रिया