काठमाडौं, नेपाली बजारमा विद्युतीय कार निसान लिफ सार्वजनिक भएको छ ।
नेपालका लागि निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले भर्चुअल कार्यक्रममार्फत बुधबार निसान लिफ सार्वजनिक गरेको हो ।
निसान ब्राण्डको फ्लेगसिप र शतप्रतिशत विद्युतीय कार अल न्यु निसान लिफमा उत्कृष्ट पर्फमेन्स, स्मार्ट र इन्टेलिजेन्ट ड्राभिङ अनि शून्य कार्बन उत्सर्जन क्षमता भएको कम्पनीले बताएको छ ।
अत्याधुनिक, उर्जा दक्षता र एरोडाइनमिक डिजाइनयुक्त निसान लिफको एक्सटेरियर लुक्सले बलियो ब्राण्डको झलक दिन्छ । निसान लिफको इन्टेलिजेन्ट ड्राइभिङ, पावर र इन्टिग्रेसनको उदाहरणीय समायोजन हो । शतप्रतिशत विद्युतीय र शून्य कार्बन उत्सर्जनको मूल उद्देश्य बोकेका निसान लिफको चार्जिङ सुविधा काठमाडौंमा निसानको हरेक डिलरसिपमा उपलब्ध छ । यसमा ८ वर्षको ब्याट्री र १ लाख ६० हजार किलोमिटर दूरीको ग्यारेन्टी छ ।
यसको स्ट्याण्डर्ड मोडलमा १४७ हर्सपावरको विद्युतीय मोटर र ४० किलोवाटको ब्याट्री छ । यसले प्रतिघण्टा १४४ किलोमिटरको दूरी तय गर्दछ । एक पटकको फूल चार्जमा यो गाडी ३११ किलोमिटरसम्म चल्न सक्छ ।
निसान लिफले १४८ बीएचपीको पावर र ३२० एनएमको टर्क दिन्छ । गाडीभित्र रहेको ७ इन्चको कलरफूल कस्टमाएबल एमोलेड डिस्प्लेमा पावर मिटर, चार्ज टाइम, र इन्फोटेन्मेन्ट जस्ता उपकरण राखिएका छन् । यसको मूल्य भने ५९ लाख ९९ हजार नेपाली रुपैयाँ रहेको छ । बुधबारबाट गाडीको बुकिङ समेत खुलेको छ ।
प्रतिक्रिया