पहिलो घण्टा : करिब ४ अंकले ओरालो लागेको बजारमा जम्मा ६४ करोडको कारोबार

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचकमा सामान्य अंकले घटेको छ । 

परिसुचक १२ बजेको अवधीमा ३.८४ अंकले ओरालो लागेर २७९७.३० को बिन्दुमा पुगेको छ । 

एक  घण्टाको अवधिमा कारोबारमा आएका २०१ ओटा कम्पनीको ८ हजार ३१३ पटकको कारोबारमा १६ लाख ८२ हजार ७६९ कित्ता शेयरको रू ६४ करोड ८० लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म अपर तामाकोशीको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ४ करोड ३७ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज २०१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८० शेयरमूल्य घटेको छ । २३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया