एजेन्सी - कोपा अमेरिकाको फाइनल खेलमा आगामी आइतबार बिहान पौने ६ बजे ब्राजिलको रियो दि जेनेरियो शहरको प्रसिद्ध माराकाना रंगशालामा हुदैछ । उपाधिको लागि अर्जेन्टिना र ब्राजिल भिड्दै छन् ।
तर ब्राजिलियन फरवार्ड गाब्रियल जेससले भने फाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्न नपाउने भएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघले दुई खेल प्रतिबन्ध लगाउने निर्णय गरेसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड जेससले अर्जेन्टिनाविरुद्धको फाइनल खेल्न नपाउने भएका हुन् ।
जेससले चिलीविरुद्धको क्वार्टरफाइनलको खेलमा रातो कार्ड पाएका थिए । चिलीका एउगेनियो मेनाको मुखमा खुट्टाले प्रहार गरेपछि जेससले सिधा रातो कार्ड पाएका थिए । जसका कारण उनले पेरूविरुद्धको सेमिफाइनल खेल स्वतस् गुमाएका थिए ।
पेरुविरुद्धको सेमिफाइनल खेलपछि फुटबल महासंघले जेससमाथि दुई खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसका कारण उनले अर्जेन्टिनाविरुद्धको फाइनल गुमाउने पक्का भएको हो ।
दुई खेलको प्रतिबन्धपछि ब्राजिलका फरवार्ड नेइमारले पनि असन्तुष्टि जनाएका छन् । उनले प्रतिबन्ध लगाउने निर्णय दुखद् भएको बताएका छन् ।
प्रतिक्रिया