काठमाडौं- आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध विभागले ठगी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले सवारीसाधन बिक्रीमा अस्वाभाविक शुल्क उठाएको भेटिएको छ ।
२ लाख ७५ हजार रुपैयाँ सुरुको मूल्य रहेको मारुती अल्टो एसटीडी ८०० गाडीलाई झन्डै तीन लाखदेखि ४ लाख रुपैयाँसम्म अस्वाभाविक शुल्क लिएको कम्पनीले आपूर्ति मन्त्रालयलाई बुझाएको विवरणमा नै स्वीकार गरेको भेटिएको हो । सो गाडीलाई उसले नेपालमा १४ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको छ ।
सो कम्पनीले भारतीय कम्पनीबाट मारुती अल्टो ८०० एसटीडी गाडी २ लाख ७५ हजार रुपैयाँमा खरिद गर्दै आएको छ । त्यो गाडी नेपालमा भित्रिनका लागि मूल्यको ७७ प्रतिशत भन्सार शुल्क, त्यसको ६० प्रतिशत अन्तःशुल्क र त्यसपछिको १३ प्रतिशत भ्याटसहित गर्दा कम्पनीले भन्सार बिन्दुमा ६ लाख ४१ हजार ६१८ रुपैयाँ सरकारलाई तिर्दै आएको छ ।
नेपालमा ल्याइसकेपछि दर्ता गर्ने समयमा सडक करबापत ७ प्रतिशत करसहित उसले भन्सार बिन्दुमा तिर्ने करसमेत गरी ७ लाख ६ हजार ८३९ रुपैयाँ सरकारलाई तिर्छ ।
सरकारले मूल्य तोकेको वस्तुमा २० प्रतिशतभन्दा बढी फाइदा खान नपाउने भनिएको भए पनि यसमा सरकारले मूल्य नतोकेका कारण पनि धेरै ठगी हुने गरेको विभागका अधिकारीहरू बताउँछन्, राजधानी दैनिकमा खबर छ ।
कुन शीर्षकमा कति असुली ?
शीर्षक रकम
भन्सार मूल्यांकन २९०१०७
भन्सार कर (७७ दशमलव ६० प्रतिशत) २२५११३
अन्तःशुल्क (६० प्रतिशत) ३९१३८
भ्याट (१३ प्रतिशत) १७१६८
सडक कर (७ प्रतिशत) ६५२२१
पेट्रोलबापत ४५००
मोबिल तीन लिटर २४००
ट्रान्जिट इन्स्योरेन्स ३५००
फ्रिज १४१२०
मार्जिन इन्स्योरेन्स ४०७
दर्ता तथा प्रदूषण शुल्क ५००
पोलिसिङ २५००
हिटर फिटिङ ११०००
पाटपुर्जा ८५००
एक वर्षको सवारी कर १९०००
सवारी लैजाँदाको पेट्रोेल ६००
विज्ञापन तथा मार्केटिङ ९६०००
प्रशासन तथा तलब ३६०००
एक वर्षको इन्स्योरेन्स ३६०००
बैंक ब्याज २७५००
होल्डिङ २००००
प्रतिक्रिया