काठमाडौंसहित ४० जिल्ला बाढीको उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह

४ बर्ष अगाडि

काठमाडौं - वर्षासँगै देशैभर बाढी, डुबान र पहिरोको जोखिम बढेको छ । कतिपय स्थानमा बाढी तथा पहिरोका कारण क्षतिसमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसै सन्दर्भमा बाढी पूर्वानुमान महाशाखाले बाढीको उच्च जोखिम रहेका स्थानहरुको आकलन सार्वजनिक गरेको छ । सार्वजनिक बुलेटिन अनुसार बाढी पहिरोको खतरा देशभैर भए पनि आज विशेषगरी काठमाडौंसहित देशका ४० जिल्लामा बाढीको उच्च जोखिम छ । 

जसमा इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ, उदयपुर, बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, मकवानपुृर, चितवन, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुली, तनहुँ, लमजुङ, पर्वत, कास्की, बागलुङ, म्याग्दी, नवलपुर, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, कपिलवस्तु, दाङ, रुकुमपश्चिम, जाजरकोटा, कालिकोट, दैलेख र सुर्खेत रहेको छ । 

सथै आज कोसी, नारायणी र यसका सहायक नदीहरूमा बहाव बढ्ने, केहीमा सतर्कता तह पार गर्न सक्ने, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउलगायतमा बहाव बढ्ने, केही साना सहायक नदीहरूमा आकस्मिक बहाव भई सतर्कता तह पुग्न सक्ने, तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया