काठमाडौं - नेपालको नौ जिल्लामा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुमा उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका रहेका छन् ।
साथै चितवन, रसुवा, कास्की, झापा, सुनसरी, मोरङ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रेका छन् । देशभर सक्रिय सङ्क्रमित २३ हजार ७५६ जना रहेका छन् । यसअघि कोरोना अत्यधिक वृद्धि हुँदा देशभर एक लाख १७ हजारसम्म सक्रिय सङ्क्रमित पुगेका थिए ।
बुधबार काठमाडौँमा ३९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना गरी काठमाडौँ उपत्यकामा ५४३ जना सङ्क्रमित थपिएका छन् । यस्तै देशभरका अस्पतालका आईसीयूमा ५७१ र भेन्टिलेटरमा १६१ जना सङ्क्रमित उपचाररत रहेका छन् ।
प्रतिक्रिया