काठमाडौं - काठमाडौं उपत्यकामा बढी भाडा लिई यात्रु ठगी गर्ने १० जना पक्राउ परेका छन् । ट्राफिक प्रहरीको विशेष अपरेसन टोलीले गंगबु नयाँ बसपार्क र कलंकीबाट उनीहरुलाई पक्राउ गरेका हुन् ।
माछापोखरी र नयाँ बसपार्कबाट स्याङजाका वर्ष ३३ को लेख बहादुर गुरूङ, स्याङजाकै वर्ष १८ का सौगात सुनार, कास्की पोखराका वर्ष २३ को सन्तोष सुनार, सिन्धुपाल्चोकका वर्ष २३ का विज्ञान माझी र धादिङका वर्ष २९ को निराजन सापकोटा पक्राउ परेका छन् ।
त्यस्तै कंलकीबाट धादिङका वर्ष ३३ को पूर्ण बहादुर गन्द्रमा मगर, प्यूठानका वर्ष २६ को पदम गिरी, धनुषाका वर्ष २६ को रबि आले मगर, सल्यानका वर्ष २६ को खुमराज बि।क। र नवलपारासीका वर्ष ३२ को दिपक काफ्लेलाई पक्राउ परेका छन् ।
अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग चर्को भाडा ।शुल्क असुल्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका ती व्यक्ति र सवारी साधनहरू ग १ ख ५३१० हायस, ग १ ज ३८४३ ट्याक्सी, बा ५ ख १४५१ हायस, बा १४ च ७५६२ स्कार्पियो, ग ३ च ४९४ स्कार्पियो, बा १९ च ३९६२ स्कार्पियो र बा १३ च ५००६ स्कार्पियोलाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्त, नयाँ बसपार्क र कंलकी बुझाएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया