ओलम्पिक प्रतियोगीतामा  नेपालका पाँच खेलाडी सहभागी हुने

४ बर्ष अगाडि

 जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ ।

 खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह  र जुुडोमा सोनिया भट्टले यस पटक नेपालको प्रतिनिधित्व गर्नेछन् । 

नेपालको अनुरोधमा आ–आफ्नो खेलविधामा पुु¥याएको योगदानका आधारमा उनिहरू पाँचैजना वाइल्ड कार्डमार्फत छनोटमा परेका हुन्  । छनोट हुनेमध्ये १० मिटर एयर राइफलकी अब्बल परियार र १०० मिटर एथेलेटिक्समा राष्ट्रिय कीर्तिमानधारी चौधरी नेपाली सेनाका खेलाडी छन्  । 

४ बर्ष अगाडि

प्रतिक्रिया