यसैवीच सत्तारुण दल नेकपासहित बिभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । पूर्व माओवादीका केन्द्रिय सदस्यहरुसहित पूर्व एमाले, राप्रपा र लिम्बुवान लगायत दलबाट करिव एक हजार नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको काँग्रेस क्षेत्रीय संयोजक गणेश खड्काले जानकारी दिए ।
उनका अनुसार पूर्व माओबादी केन्द्रका केन्द्रिय सदस्य राम न्यौपाने, मित्रसेन योञ्जन, मोहन रिमाल, माओबादी केन्द्र सुन्दरहरैंचा १० नम्बर वडाका संयोजक बुद्धि पराजुली, स्थानीय नेता चन्द्र खुलाल, लोकबहादुर साउदेन, जनमुक्ति पार्टीका अध्यक्ष डि।आर लिम्बू, लिम्बुवानका नेता बिनोद राई, राप्रपाका जिल्ला सचिव कृष्ण पौडेल लगायत नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् । कार्यक्रममा बोल्ने अधिकांस नव प्रवेशीहरुले पार्टीको केन्द्रिय नेतृत्वप्रति असन्तुष्टि जनाउँनै काँग्रेस रोजेको बताए ।
गत प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार एवं काँग्रेस महासमिति सदस्य डा।सुनिल शर्मा लगायत नेता कार्यकर्ताले सक्रियता बढाएपछि सो क्षेत्रमा अहिले काँग्रेस प्रवेश गर्नेको लहर बढ्दै गएको हो । यसैबीच निर्वाचित जनप्रतिनिधिहरुलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको छ ।
प्रतिक्रिया