१५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गर्ने २२ वर्षीय युवक पक्राउ

४ बर्ष अगाडि

काठमाडौं, बारामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ डमरपुर बस्ने २२ वर्षीय राज कुमार स्याङतानलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

स्याङतानले विवाह गर्छु भन्दै विभिन्न प्रलोभनमा पारी ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया