२३ लाख ८१ हजार बढि नगद सहित ५२ जुवाडे पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा २३ लाख ८१ हजार बढि नगद सहित ५२ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

काठमाडौं महानगरपालिका-६ आरुबारी सिमालटार चोक नजिक वाङचु शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा २९ जनालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानबाट नगद १४ लाख ५९ हजार ९ सय रुपैयाँ र २० बुक तास पनि बरामद गरिएको छ । त्यस्तै झापाको दमक नगरपालिका(८ बस्ने २९ वर्षीय थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थमा ११ जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको छ । 

तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७ लाख ४५ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

स्याङजामा भिरकोट नगरपालिका-२ ठाडो लाईनस्थित खेम बहादुर श्रेष्ठको विवेक होटलबाट तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत १२ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया