काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) कारोबारको दोस्रोे घण्टामा नेप्से परिसूचक ५.०३ अंकले ओरालो लागेर २८१३.०८ को बिन्दुमा पुगेको छ ।
दोस्रोे घण्टाको अवधिमा कारोबारमा आएका २१४ ओटा कम्पनीको १७ हजार ६५ पटकको कारोबारमा ३९ लाख ५५ हजार ३८३ कित्ता शेयरको रू १ अर्ब ८६ करोड ३८ लाख बराबरको कारोबार भएको छ ।
यस अवधिसम्म छिमेकी लघुवित्त वित्तिय संस्थाको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ३९ करोड ३७ लाख बराबरको शेयर कारोबार भएको छ ।
आज २१४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८१ शेयरमूल्य घटेको छ । २१ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रतिक्रिया