इलाममा एक जनाको हत्या भएको छ। इलाम नगरपालिका–१२, साङरुम्बामा धनबहादुर राईको खुकुरी प्रहार बाट हत्या भएको हो ।
४५ वर्षीय यामबहादुर साँवाले ५८ बर्षीय धनबहादुर राईको बुधबार बिहान हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।खुकुरी प्रहारबाट धनबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यामबहादुरले किन हत्या गरे भन्ने कारण खुल्न नसकेको एसपी महेन्द्र श्रेष्ठले बताए। यामबहादुरलाई गाउँबाटै पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया