माओवादी केन्द्र खारेजीको माग गर्न पूर्व नेताहरु निर्वाचन आयोग जादै

४ बर्ष अगाडि

काठमाडौं - पूर्व माओवादी केन्द्रका नेताहरु पुष्पकमल दाहाल नेतृत्वको नेकपा ९माओवादी केन्द्र० खारेज गर्न माग गदै निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै माओवादी केन्द्रका पूर्व नेताहरु निर्वाचन आयोग जान लागेका हुन् ।

माओवादी केन्द्र आफैँमा अवैधानिक भएको र लामो समयदेखि महाधिवेशनसमेत नभएकाले यस्तो पार्टीले गरेको निर्णय मान्ने नहुने र आफूहरुमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गर्दै आयोग जान लागिएको माओवादीका पूर्व नेता टोपबहादुर रायमाझीले बताए । 

गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग भएपछि रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, दाबा लामालगायत एमाले प्रवेश गरेका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया