अबैध ३२ लाख नगद सहित भारतीय र नेपाली नागरिक  पक्राउ

४ बर्ष अगाडि

रुपन्देही प्रहरीले स्कुटीमा सवार  दुई जनालाई स्रोत  खुल्न नसकेको ३१  लाख  बढी रुपैयाँसहित  पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ वाईपासमा इलाका प्रहरी कार्यालय बेलहियबाट  खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लु २१ प २२१२ नम्बरको स्कुटरमा सवार विनय कलवार र  भारतीय नागरिक सुरज गौणलाई ३१ लाख ९० हजारसहित पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।


श्रोत नखुलेको रकम  र  स्कुटीसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि  बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको डिएसपी थापाले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया