कारोबारको पहिलो घण्टा : नेप्सेमा सामान्य अंकको गिरवट, कारोबार रकम १ अर्ब माथि

४ बर्ष अगाडि

काठमाडौं, कारोबारको चौथो दिन (बुधबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचकमा सामान्य अंकले घटेको छ । 

परिसुचक १२ बजेको अवधीमा २.३८ अंकले ओरालो लागेर २८१५.७३ को बिन्दुमा पुगेको छ । 

एक  घण्टाको अवधिमा कारोबारमा आएका २०३ ओटा कम्पनीको ८ हजार ३३० पटकको कारोबारमा १४ लाख ८६ हजार ४१७ कित्ता शेयरको रू १ अर्ब ११ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म छिमेकी लघुवित्त वित्तिय संस्थाको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको रू ३८ करोड ३५ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज २०३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८१ शेयरमूल्य घटेको छ । २२ कम्पनीको मूल्य स्थीर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया