गोल्डेन बुट अवार्डको रेसमा अगाडि मेस्सी, अरु को को ?

४ बर्ष अगाडि

एजेन्सी - कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका लियोनल मेस्सी कोपा अमेरिका कपमा गोल्डेन बुट अवार्डको रेसमा अगाडि रहेका छन् । 

उनको चार गोल रहेको छ । उनले अब चार गोल गरेमा कोपा अमेरिका कपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड तोड्ने छन् । अर्जेन्टिनाका नोबर्टो मेन्डेज र ब्राजिलका जिजिन्होको सर्वाधिक १६ गोलको रेकर्ड रहेको छ । 

साथै गोल्डेन बुटको रेसमा अर्जेन्टिनाका लउतारो मार्टिनज रहेका छन् । उनले ३ गोल गरेका छन् भने अर्का अर्जेन्टिनाका खेलाडी पपु गोमेजको दुई गोल रहेको छ । 

ब्राजिलको लुकास पाक्युटा र नेयमारको दुई दुई गोल रहेको छ । फाइनल खेल आगामी आइतबार बिहान पौने ६ बजे ब्राजिलको रियो दि जेनेरियो शहरको प्रसिद्ध माराकाना रंगशालामा हुनेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया