एनसेलका फोरजी प्रयोगकर्ता ४८ लाख ५ हजार पुगे, कसका प्रयोगकर्ता कति ?

४ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले वैशाखसम्मको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार एनसेलका फोरजी प्रयोगकर्ता ४८ लाख पाँच हजार २१५ पुगेका छन् भने नेपाल टेलिकमले २६ लाख ८६ हजार २५५ पुर्‍याएको छ ।

त्यस्तै तेस्रो ठूलो मोबाइल सेवाप्रदायक स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता भने दुई लाख ६ हजार ४००  पुगेका छन् । फोरजी बजारमा एनसेल सबैभन्दा अगाडि देखिए पनि पछिल्लो एक वर्षको प्रगति भने नेपाल टेलिकमको राम्रो छ ।

यस अवधिमा टेलिकमले १८ लाख ४३ हजार नयाँ ग्राहक थप्दा एनसेलले भने १३ लाख १६ हजार ८०० ग्राहक बनाएको छ । अर्कोतर्फ स्मार्टले पछिल्लो एक वर्षमा २२ हजार नयाँ ग्राहक बनाएको छ ।  

देशव्यापी रुपमा सेवा विस्तार गर्ने क्रममा रहेको टेलिकमले कभरेज विस्तारका कारण उल्लेख्य रुपमा फोरजी ग्राहक बढाउन सफल भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया