भीम रावल नेपाललाई भेट्न कोटेश्वर पुगेपछि सर्‍यो कार्यदलको बैठक

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । उनी नेपाललाई भेट्न पुगेपछि कार्यदलको बैठक पर धकेलिएको छ । 

कार्यदलका अन्य सदस्यहरु सिंहदबारमा भेला भइसकेपनि रावल नआएकाले बैठक पर धकेलिएको एक नेताले जानकारी दिए । यसअघि बिहान ८ बजेका लागि तयको बैठक १० बजेलाई सारिएको थियो । तर, रावल कोटेश्वरमा व्यस्त बनेपछि बैठक बस्न थप ढिलाइ भएको हो । 

पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया