१४ लाख नगद र १० महिला सहित २९ जना जुवाडे पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिला सहित २९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो । जुवा खालबाट १४ लाख नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

जुवा खालबाट ३३ थान कौडा र तास बरामद गरिएको छ । उनिहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखिएको छ । बौद्ध वृतमा इन्चार्ज परिवर्तन भएपछि सो क्षेत्रमा जुवा, तास र गुण्डागर्दी बढ्न थालेको छ । 

डिएसपी नविन कार्कीको सरुवा भएपछि बौद्धको इन्चार्जमा डिएसपी ढुण्डीराज नेउपाने आएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया