एजेन्सी - कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियालाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । फाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ ।
खेलको उपाधिका लागि ११ जुलाईमा हुने छ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
प्रतिक्रिया