एजेन्सी - प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको निधन भएको छ । उनको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो । सास फेर्न गाह्रो भएपछि उनलाई हालै अस्पताल भर्ना गरिएको थियो ।
उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । कुमारले सन् १९९४मा ज्वारभाटा नामक चलचित्रबाट चलचित्र यात्रा सुरु गरेका थिए । तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो ।
कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन् । उनीहरूका सन्तान छैनन् ।
प्रतिक्रिया