जुन महिनामा अमेरिकाको निजी क्षेत्रमा थपियो ६ लाख ९२ हजार नयाँ रोजगारी

४ बर्ष अगाडि

काठमाडौं - संयुक्तराज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट ६ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ । अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको हो । 

अमेरिकी स्वचालित तथ्याँक प्रशोधन ९एपीडी० का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले गत जुन महिनामा पनि श्रम बजार निकै सुदृढ देखिएको बताए । उनले सन् २०२१ को शुरुआतदेखि करिब ३० लाख नयाँ रोजगारी सिर्जना भएको जानकारी दिए ।

रिचर्डसनले कोरोनाका कारण सर्वाधिक असर परेको सेवा क्षेत्रले निरन्तर प्रगति गरिरहेको बताए ।  होटल, पर्यटन क्षेत्र खुला हुँदै गएका कारण आम रुपमा अर्थतन्त्रमा चहलपहल बढेको पनि बताए । 

जुन महिनामा छ लाख २४ हजारले सेवा क्षेत्रमा नयाँ रोजगारी पाएको एपीडीले जनाएको छ । ठूला व्यवसाय तथा मझौला कम्पनीहरुले जुन महिनामा दुई लाख ४० हजारलाई रोजगारी दिएका छन् । 

साथै साना कम्पनीहरुले दुई लाख १५ हजार नयाँ रोजगारी सिर्जना गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया