सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुल्ने, कहिलेबाट ?

४ बर्ष अगाडि

काठमाडौं - सरकारले सबै आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो । 

त्यस्तै नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न भन्दै मन्त्रिपरिषद् बैठकले भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि अब पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ । मन्त्री श्रेष्ठका अनुसार अब नेपाललाई रोक नलगाइएका मुलुकमा नियमित उडान सुचारु हुनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया