एकदिन कैद सजाय तोकिएका ४५ वर्षीय पुरुष पक्राउ

४ बर्ष अगाडि

काठमाडौं– एकदिन कैद तोकिएका ४५ वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्र्यालय बर्दियाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–७ घर भएका ४५ वर्षीय बल बहादुर थापा छन् ।

०७६ मंसिर १ मा बर्दिया जिल्ला अदालतले उनलाई एक दिन कैद सजाय हुने फैसला गरेको थियो । उनलाई इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सवारी ज्यान मुद्दामा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।फरार कसूरदार पक्राउ अभियान अन्तर्गत बर्दिया प्रहरीले यस आर्थिक वर्षमा ९० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ५१ वर्ष ८

महिना २५ दिन  कैद र २१ लाख ९९ हजार जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया