काठमाडौं– कोरोना संक्रमणको जोखिम अझै जारी रहेको भन्दै दाङमा जारी निषेधाज्ञा असार ३१ गते सम्मलाई लम्ब्याइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले लकडाउनलाई असार ३१ गते सम्म जारी राख्ने निर्णय भएको बताए ।
यसअघि असार १५ गते बसेको केन्द्रको बैठकले गरेका निर्णयमा कुनै फेरबदल नगरिएको र लकडाउनलाई थप ९ दिन थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बजार तथा व्यवसाय बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म खुल्ने र सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थाहरु विहान १० देखी बेलुका ५ बजे सम्म खुल्ला गर्ने पुरानै निर्णयलाई यथावत राखिएको छ । जिल्ला पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर घटेको छ ।
प्रतिक्रिया