नेपाल एयरलाइन्सको कार्यालयमा तालाबन्दी

४ बर्ष अगाडि

काठमाडौं– नेपाल एयरलाइन्सको कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका छन् । एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने तयारी भएपछि त्यसको विरोधमा कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । 

सो क्रममा प्रहरीले ताला तोड्न खोजेपछि तनावको अवस्था सिर्जना भएको छ ।  

एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएपछि कर्मचारी संगठन रुष्ट बनेका हुन् । 
निजी एयरलाइन्सलाई नेपाल एयरलाइन्स जिम्मा लगाउने रणनीतिका साथ यस्तो तयारी भएको कर्मचारीहरुको आरोप छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया