काठमाडौं - बैंकिङ कसुरका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-३ का ५९ वर्षीय लाक्पा लामा रहेको छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार उनलाई चक्रपथ क्षेत्रबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार लामालाई २०७७ माघ ९ गते उच्च अदालत पाटनले सात दिन कैद र १५ लाख रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।
त्यसयता उनी फरार रहेका थिए । २०७५ सालमा व्यापार गर्न भनी उनले ऋण लिएर पीडितलाई पर्याप्त मौज्दात नभएको चेक दिएका थिए । पीडित चेक बाउन्समा गई प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान सुरू भएको थियो ।
उनलाई मंगलबार नै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।
प्रतिक्रिया