९ किलो चाँदीका गहानासहित  दुई जना पक्राउ

४ बर्ष अगाडि

प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका १ स्थित सडकबाट करीब ९ किलो ७०० ग्राम चाँदी जस्तो देखिने धातुका गहानासहित दुई जनालाई सोमवार राती पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका–३ बस्ने २८ बर्षीय मन प्रसाद गदाली र सिरहा गोलबजार नगरपालिका–३ बस्ने २७ वर्षीय श्याम विक रहेका छन् ।

 प्र २ ००४४ प १३२१ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको केन्द्रीय  प्रहरी समाचार कक्षले बताएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया