रामोस पीएसजी जाने, आज पेरिस जाने

४ बर्ष अगाडि

स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पीएसजी जाने भएका छन् । रियल मड्रिड छोडेका रामोसलाई पीएसजीले दुई वर्षको लागि अनुबन्ध गर्न लागेको हो ।

रामोसले पीएसजीसँग दुई वर्षको लागि सम्झौता गर्न लागेको स्पेनिस मिडियाहरुले समाचार प्रकाशित गरेका छन् । क्लबसँगको सम्झौताको लागि रामोस मंगलबार पेरिस जानसक्ने बताइएको छ । मंगलबार नै मेडिकल परीक्षण गरेपछि उनले बुधबार क्लबसँग सम्झौता गर्नसक्ने मिडियाहरुले बताएका छन् ।

सन् २००५ देखि रियल मड्रिडमा रहेका रामोसको प्रदर्शन खस्किएपछि उनीसँग क्लबले थप सम्झौता नगरेको हो । रामोस जारी युरोकपको लागि राष्ट्रिय टिममा समेत परेनन् 

४ बर्ष अगाडि

प्रतिक्रिया