साउन १ देखि विदेशबाट ल्याइएका मोबाइल नेपालमा नचल्ने, कसरी गर्ने दर्ता

४ बर्ष अगाडि

आगामी साउन १ गतेबाट विदेशबाट ल्याइएका मोबाइल फोन नेपालमा नचल्ने भएका छन् । 
 नेपाल दूरसञ्चार प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य दर्ता गर्न सर्वसाधारणहरूलाई आग्रह गरेको छ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार मोबाइल फोन दर्ता गर्दा राज्यले प्राप्त गर्ने राजश्व वृद्धि हुनेछ र मोबाइल फोन सुरक्षित हुनेछ।

प्राधिकरणका सहायक प्रवक्ता मिश्र कसैलाई पनि सञ्चारविहीन बनाउने आफूहरूको उद्देश्य नरहेको बताउँछन्।प्राधिकरणको प्रणालीले 'डिटेक्ट' गरिसकेको मोबाइल फोन असार महिनापछि पनि चल्ने उनी बताउँछन्।उनका अनुसार नयाँ आउने मोबाइल फोनको हकमा भने दर्ता भएपछि मात्रै चल्नेछ।

कसरी गर्ने दर्ता 

प्राधिकरणका अनुसार मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्नो वेबसाइटमा (nta.gov.np) मा गएर आफूले प्रयोग गरिरहेको सेट दर्ता गर्न सक्छन्।

वेबसाइटमा उपलब्ध फारममा आफूले प्रयोग गरिरहेको मोबाइलबाट *#06# थिचेपछि प्राप्त हुने आईएमईआई नम्बर उल्लेख गर्नुपर्ने हुन्छ।

त्यसबाहेक त्यहाँ नागरिकता वा राहदानी नम्बरसहित विभिन्न किसिमका व्यक्तिगत विवरणको माग गरिएको हुन्छ।

नेपालमा २०६६ साल देखिनै आयात गरिएका फोनहरूको टाइप अप्रुभल ९बजार बिक्री गर्नका लागि उपकरण योग्य छ छैन भन्ने विवरण० आयातकर्ताहरूले गराउँदै आएका छन्।

मिश्रका अनुसार नेपालमा विद्युतीय उपकरणको लाइफ (उपभोग गरिने औसत समय) ३।४ वर्ष निकालिएको छ।

जसको अर्थ टाइप अप्रुभल भइसकेको भए पनि प्रयोगकर्ताको मोबाइल फोन सेट परिवर्तन भइसकेको हुनसक्ने हुँदा र प्राधिकरणको मुख्य उद्देश्य आएमइआइ नम्बर लिने भएकाले पुराना फोन प्रयोग गर्ने सबैले फोन दर्ता गर्न जरुरी हुने प्राधिकरणको भनाइ छ।

४ बर्ष अगाडि

प्रतिक्रिया