काठमाडौं - नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । ५७ वर्षीय यादवको सोमबार बेलुकी जनकपुरस्थित आफ्नै घरमा निधन भएको हो ।
उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् । यादवले २०३६ सालदेखि राजनीति सुरू गरेका थिए । २०४८ सालमा जनमोर्चाबाट उनी बालबाखर गाविस उपाध्यक्ष भएका थिए ।
यादवको निधनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दु:ख व्यक्त गरेका छन् । ‘जनयुद्धमा सक्रियतापूर्वक सहभागी यादव सरल, जुझारू र क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो,’ प्रचण्डले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया