उपत्यकामा १० दिन थप गरिएको निषेधाज्ञा आजबाट शुरु, के गर्न हुन्छ ? के गर्न हुदैन ?

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकाभित्र आजबाट १० दिन थप गरिएको निषेधाज्ञा शुरु भएको छ । काठमाडौं उपत्यका भित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

आजबाट लागू निषेधाज्ञामा सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको छ । साथै सिट क्षमता भन्दा बढी यात्रु बोक्न पाउने छैनन् । कम सिट क्षमता भएका सार्वजनिक सवारी साधन पनि चल्न पाउने भएका छन् । तर, त्यस्ता सवारीमा यात्रु बोक्ने सिट सङख्या भने निर्धारण गरिएको छ ।

सफा टेम्पो तथा माइक्रो पनि संचालन गर्न पाउनेछन् । पछाडि तेस्रो सिटमा ४र४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रु भन्दा बढी राख्न पाइने छैन । सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुटपाउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ ।

काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउने व्यवस्था गरिएको छ । अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरु प्रवेश गर्न पाउनेछन् ।

देशभर कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । उपत्यकामा पछिल्लो समय थप भएको निषेधाज्ञा सोमवार राति १२ बजेबाट सकिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया