कोपा अमेरिका : ब्रजिल फाइनलमा प्रवेश, बुधबार बिहान अर्जेन्टिना र कोलम्बिया भिड्दै

४ बर्ष अगाडि

एजेन्सी - ब्रजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरुलाई पराजित गर्दै ब्रजिल फाइनलमा पुगेको हो । 

घरेलु मैदानमा भइरहेको प्रतियोगितामा ब्रजिलले १–० गोल अन्तरले पेरुलाई पराजित गरेको हो । ब्रजिलको जितमा लुकास पाक्युटाले विजयी गोल गरेका हुन् । 

नेयमारको पासमा पाक्युटाले ३५ औं मिनेटमा निर्णायक गोल गरेका थिए । संयमित खेलमा पेरुका २ तथा ब्रजिलका १ खेलाडीले पहेँलो कार्ड खाएका थिए । तर ब्रजिलले १२ तथा पेरुले १६ वटा फाउल गरेको थियो । 

खेलमा ब्रजिलले ५६ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखेको थियो । ८ वटा गोलका लागि प्रहार गरेकामा एउटामात्र गोल भएको हो । पेरुले भने केवल २ वटा गोलको प्रहार गरेको थियो । 

अर्को सेमिफाइनलमा बुधबार बिहान ६ः४५ बजे अर्जेन्टिना र कोलम्बिया खेल्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया