काठमाडौं, काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा अक्सिजन प्लान्ट निर्माणको लागि जापानमा रहेका नेपालीबाट २ लाख ६३ हजार सहयोग प्राप्त भएको छ ।
काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाद्वारा सञ्चालित धुसेनी शिवालय प्राथमिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि जापानमा रहेको नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । विभिन्न कामको सिलसिलामा जापान पुगेका चौंरीदेउरालीबासी नेपालीहरुले २ लाख ६३ हजार ७ सय ५९ रुपैयाँ सहयोग गरेका हुन् ।
जापानमा रहेका चौंरीदेउराली–५, बाँजेका आरएच गौतमका अनुसार आफूहरुले जनस्तरबाट अक्सिजन प्लान्ट निर्माण गर्नको लागि गाउँपालिकाले सहयोगको लागि गरेको अपिल अनुसार सहयोग गरेको बताए । ‘कोभिड–१९ को प्रकोपले हाम्रो समाजलाई दिएको दुःख र दवावको प्रतिरोध गर्नका लागि अक्सिजन प्लान्टको अत्यावश्यक महशुस गरि हाम्रो चौरीदेउराली गाँउपालिकाले जनस्तरबाट निर्माण गर्नको लागि अपिल गरे अनुसार हामीहरुले पनि सकेको सहयोग गरेका हौं ।’ गौतमले भने ।
जापानबाट क–कसले कति सहयोग गरे ?
१। आरएच गौतम २०,९४४। (चौंरीदेउराली–५ वांजे)
२। रन्जित गौतम २१,१६०। (चौंरीदेउराली–५५ छघर)
३। राजन गौतम १०,५८०। (चौरीदेउराली–५ तुसारे)
४। प्रनिल गौतम १०,५८०। (चौंरीदेउराली–५ छघर)
५। दिननाथ गौतम ५,२९०। (सिमरा–९, साविक चौंरीदेउराली–५वांजे)
६। रक्षक गौतम १०,५८०। (काठमाण्डौ–९,साविक चौरीदेउराली–५ वांजे)
७। हरिशरण गिरि ५,२९०। (चौंरीदेउराली–५ खार)
८। आशिस गौतम ५,२९०। (चौंरीदेउराली–३, माझीफेदा)
९। खेम कुमार गौतम १०,५८०। (चौंरीदेउराली–४, सुङग्रे)
१०। रमेश गिरी ५,२९०। (चौरीदेउराली–६ चिउरीवास)
११। विष्णु गौतम ५,२९०। (चौरीदेउराली–५ हर्रे)
१२। कुमार गिरि ५,२९०। (चौरीदेउराली–६ चिउरीवास)
१३। दिपेन्द्र गौतम ५,८७७। (चौरीदेउराली–५ तुसारे)
१४। डिल्लि प्रसाद गौतम ५,२९०। (चौंरीदेउराली–५ वांजे)
१५। उमेश ढकाल ५,२९०। (चौंरीदेउराली ५ रुम्टी)
१६। दिननाथ अधिकारी १०,५८०। (चौंरीदेउराली–९गोठपानी)
१७। भुबन चौलागाई २२,२१८। (चौंरीदेउराली–५ फेदालीडाँडा)
१८। मन्जु गिरी ५,२९०। (साविक चौरीदेउराली–६, कात्तिकेदेउराली माईती)
१९। शम्भु चौंलागाई १०,५८०। (चौरीदेउराली–५ सुलिकोट)
२०। रमेश गौतम १०,५८०। (चौरीदेउराली–५ तुसारे)
२१। शैलेन्द्र राज गिरी ५,८७७।१९ (चौरीदेउराली–६ उपल्लो कात्तिके)
२२। शुसिल चौलागाई ५,२९०। (साविक चौरीदेउराली–५ रैकर हाल पाँचखाल)
२३ युनिका गिरी ५,२९०। (चौरीदेउराली–५ खार)
२४ सबिता गिरी ५,२९०। (चौरीदेउराली–५ खार)
२५। राजेश गिरी ५,८१९। (चौंरीदेउराली–५ खार)
२६ हवलचन्द्र लामा ८,२२८।६६ (भुम्लु गाउँपालिका–९, अध्यक्ष, जनप्रगतिशिल मञ्च जापान)
२७। राजकुमार गिरी ६३४६।९२ (चौरीदेउराली–५ खार)
२८। मोहन चौलागाई ५,२९० (चौरीदेउराली–५ खार)
२९। कृष्ण चौलागाई ७०५२।६२ (साविक चौरीदेउराली–९, हाल पाँचखाल)
३०। सविना गौतम ५,२९०। (चौरीदेउराली–३ माझीफदा)
३१। सुरेन्द्रराज गिरि ११,६३८। (चौरीदेउराली–५ खार)
३२। विकाश गिरी ५,३९५।८ (चौरीदेउराली–५ खार)
३३। रोशन गिरी ५,२९० । (चौरीदेउराली–६ कात्तिकेदेउराली)
३४ कुमार गौतम ५,३९५।८ (चौरीदेउरीली–५ क्याउरानी हाल चितवन)
३५ शिखर चौलागाई ५,२९१। (चौरीदेउराली–५ वांजे)
गाउँपालिका अध्यक्षद्वारा आभार
जनस्तरबाटै अक्सिजन प्लान्ट निर्माणका लागि जापानमा रहेका चौंरीदेउरालीबासीले आर्थिक सहयोग गरेकोमा गाउँपालिका अध्यक्ष दिननाथ गौतमले आभार प्रकट गर्दै धन्यवाद दिएका छन् । कोभिड–१९ विरुद्ध लड्न मात्र होइन, अरु बेला पनि अस्पतालमा अक्सिजनको आवश्यकता रहेको जनाउँदै निर्माण गर्न लागेको प्लान्ट दिर्घकालीन महत्वको रहेको अध्यक्ष गौतमले बताए । ‘जापानमा रहनुभएका चौंरीदेउराली गाउँपालिकाबासी दाजुभाई दिदीबहिनीहरुले गाउँपालिकाको यो रणनीतिक महत्वको योजनामा सहयोग गर्नुभएकोमा म हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।’ गौतमले भने, ‘गाउँपालिकाको अपिललाई सकारात्मक रुपमा लिई गर्नुभएको सहयोगले आम जनता र गाउँपालिकाले उच्च मुल्यांकन गर्नेनै छ ।’
प्रतिक्रिया