काठमाडौं– पछिल्लो २४ घण्टामा थप २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणका क्रममा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको हो।
७ हजार ४ सय ९९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टीजेन परीक्षण गर्दा ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा कोरोना संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ।
प्रतिक्रिया