विदेश पठाईदिन्छु भनी ३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

५ बर्ष अगाडि

सिरहामा यूएई पठाईदिन्छु भन्दै ३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन ।

यूएई पठाइदिने भन्दै १ जना व्यक्तिबाट ३ लाख १७ हजार रुपैयाँ ठगि गरेको आरोपमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्वर १ बस्ने ४३ वर्षीय रमेश महरालाई प्रहरीले पक्राउ गरेको हो ।

ठगी गरेको जाहेरीपछि महरालाई प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका वडा नम्वर १ अर्नामाबाट आईतवार पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया