युरोकपका खेलहरुमा सट्टाबाजी गर्ने ८ जना ३४ लाख नगद सहित पक्राउ

५ बर्ष अगाडि

काठमाडौं, नेपाल प्रहरीले युरोकप २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने ब्यक्तिहरुलाई ३४ लाख नगद सहित पक्राउ गरेको छ ।

प्रहरीले युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप २०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् सट्टाबाजी खेल खेलाउने ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट अनलाइन बिटीङ गरी नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाईएको छ ।

पक्राउ परेका व्यक्तिहरुमा ५७ वर्षका राजेन्द्र श्रेष्ठ प्रधान, ४७ वर्षिय जिवन लामा, ४६ वर्षका सुरज टिवडेवाल, भारतका ४६ वर्षका अशोक कुमार गुप्ता, ४५ वर्षका गोबिन्द प्रसाद आचार्य, ४९ वर्षका राजेश कुमार अग्रवाल, भारतका ३३ वर्षिय सुचित डालमिया अग्रवाल र ४६ वर्षिय अमरनाथ गुप्ता रहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया