म्याद सकिएको डेबिट कार्ड प्रयोग, ३४ लाखसहित दुई जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं, सिद्धार्थ बैंकको एटीएम मेशिनबाट म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर  पैसा निकाल्ने दुई जना पक्राउ परेका छन् । 

पैसा निकाल्दै गरेको सूचना पाएपछि खटिएको प्रहरीले काठमाण्डौको भत्केको पुल नजिकैबाट सोलुखुम्बु घर भएका जगतबहादुर गुरुङ र पर्साकी सावित्री गुरुङलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एटीएम कार्ड र २१ लाख रुपैयाँ पनि बरामद गरिएको प्रहरी परिसर टेकुले जनाएको छ ।

उनीहरूले म्याद सकिएको एलएलओ वाईडीएस लन्डनको भिसा डेबिट कार्डको प्रयोग गरेर चावहिल, कालोपुल र हात्तीसारबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुलेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया