काठमाडौं - अब कोरोना भाइरसविरूद्ध खोपको दुबै मात्रा लगाएका व्यक्तिहरू भारतको सिक्किममा घुम्न जान पाउने भएका छन् । सिक्किम सरकारले सोमबारबाट खोपको दुबै मात्रा लगाएका व्यक्तिहरूलाई घुम्न आउन अनुमति दिएको हो ।
पर्यटकहरू पूर्वी सिक्किमको राङ्गपो र दक्षिणको मेल्लीबाट प्रवेश गर्न पाउनेछन् । ती पर्यटकहरूले अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनु पर्नेछ । प्रवेशद्वारमा पर्यटकहरूले प्रमाणपत्र देखाएपछि मात्रै सिक्किम प्रवेश गर्न पाउनेछन् ।
प्रदेश सरकारले होटल, गेष्ट हाउस र होमस्टेहरूमा ५० प्रतिशत मान्छे राखेर चलाउन अनुमति दिएको छ । तर उनीहरूले कोरोनाको मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ ।
सपिङ मल, शो रूम र पसलहरू पनि सबै खोल्न दिएको छ । सरकारी कर्मचारीहरूलाई पनि अनिवार्य खोप लगाउन भनिएको छ ।
प्रतिक्रिया