३० हजार घुस सहित सव–इन्जिनियर अख्तियारको फन्दामा

५ बर्ष अगाडि

काठमाडौं - ३० हजार घुस सहित सव–इन्जिनियर अख्तियार दुरुपयोग अनुसन्धान आयागको फन्दामा परेका छन् । 

आयोगले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई नियन्त्रणमा लिएको हो ।

पासवानले भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचनाको आधारमा आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट गएको टोलीले पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया