‘सत्यनारायण की कथा’ को कारण चर्चामा कार्तिक आर्यन

४ बर्ष अगाडि

एजेन्सी - अभिनेता कार्तिक आर्यन पछिल्लो समय फिल्म ‘सत्यनारायण की कथा’ को कारणले चर्चामा छन् । चर्चाको कारण टाइटल हो । फिल्मको टाइटललाई धार्मिक संगठनले आपत्ति जनाएका छन् । 

जसको कारण निर्माण युनिटले टाइटल नाम परिवर्तन गर्ने निर्णय गरेको छ । जसको जानकारी फिल्म निर्देशक समीर विद्धानले शनिबार ट्वीटर मार्फत दिएका हुन् । फिल्मको प्रेम कहानीका लागि नयाँ टाइटल छिट्टै घोषणा गरिनेछ  उनले बताएका छन् ।

फिल्मको भिडियो टिजर पोष्टर हालै रिलिज गरिएको छ । फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । फिल्मको कथा ‘एक एपिक लव स्टोरी’ बताइएको छ । फिल्मको मुख्य भूमिकामा कार्तिक चयन भएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया