काठमाडौं - बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको अप्पर तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन आज हुने भएको छ ।
यो संगै आजबाट अप्पर तामाकोशिमा ७६ मेगावाट बिजुली उत्पादन हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज ४ बजे माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने भएका हुन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले गत आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारदेखि विद्युत उत्पादनको तालिका तय गरेका थिए ।
७६र७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट पहिलो युनिटको उत्पादन प्रसारण लाइनमा जोडिएको हो । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत उत्पादन हुनेछ । प्रसारण लाइनमा जोडिएपछि १५ दिन परिक्षण मात्र हुने छ ।
प्रतिक्रिया