भक्तपुरमा स्कुल बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु

७ बर्ष अगाडि

भक्तपुर– स्कुल छुटेर घर फर्कदै गरेकी एक विद्यार्थीको आफै सवार स्कुल बसले ठक्कर दिँदा मृत्यु भएको छ । 
भक्तपुर नगरपालिका कमलविनायकस्थित रोम्बस इङ्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत चाँगुनारायण नगरपालिका–८ रानीबारी सुडालकी सात वर्षीया प्रतिष्ठा खत्रीको उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।  

अपरान्ह ४ः३० बजे विद्यार्थी पु¥याउन गएको बा १ क ७२८५ नम्बरको बसले सोही स्कुल बसमा सवार बालिका बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । 
घाइते विद्यार्थीको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

बस र चालक भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ३७ वर्षीय दिपक लाखेमरुलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको प्रनाउ पोखरेलले बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया