देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ताको अल्टिमेटम आज सकिँदै, पार्टी एकता टुङ्गोमा पुर्याउने प्रयास असफल

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेले माधवकुमार नेपालसहित पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज सकिँदैछ । 

गएको शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ताको लागि आज बेलुकी ५ बजेसम्मको अल्टिमेटम दिएको हो । हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिएका छन् । 

तर माधव नेपाल समूहले हस्ताक्षर फिर्ता नगर्ने प्रतिक्रिया दिइसकेको छ । ओली र नेपालको अडानका कारण पार्टी एकतालाई टुङ्गोमा पुर्याउने दोस्रो तहका नेताहरुको प्रयास सफल हुन सकेको छैन । 

पार्टी उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया