अरुण भ्यालीको अवितरित हकप्रदमा परेका बोलपत्र आज खोलिने, कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार ९ लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरमा परेका बोलपत्रहरु आज खोलिने भएको छ । 

उक्त सेयरमा परेका बोलपत्र आज मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसार मार्ग, कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिने भएको हो ।

कम्पनीले असार ९ गतेदेखि १६ गतेसम्म ४ लाख ३५ हजार ८९४ कित्ता अवितरित हकप्रद लिलामीमा बिक्री खुल्ला गरेको थियो ।

 कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री खुल्ला गरेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया