काठमाडौं - काठमाडौं उपत्यकामा अब भोली असार २२ देखि सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली हट्ने भएको छ । साथै टेम्पो र माइक्रो बस पनि चल्ने भएका छ्न् ।
यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएकामा अब असार २२ देखि भने टेम्पो र नीलो माइक्रो बस पनि चल्ने भएका हुन् ।
परिमार्जित निषेधाज्ञा भोली असार २२ गते देखि ३१ गतेसम्म जारी रहेने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् । त्यसैगरी, किराना तथा खाद्यान्न पसलहरु पनि दिनभर संचालन हुने छन् ।
यस्तै, डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, सुन पसल अटोमोबाइल शोरुम तथा निर्माणजन्य सामग्री लगायतका पसल भने बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढ्दै गएपछि गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लगाइएको हो । संक्रमणदर क्रमशः घट्दै गएसँगै जनजीवनलाई सहज बनाउन निषेधाज्ञा खुकुलो पारिएको छ ।
प्रतिक्रिया