सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटयो, अन्य केके छन त नियम ?

५ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पारेर असार मसान्तसम्म थपिएको छ। यसअघि जारी निषेधाज्ञा भोलि सोमबार राति सकिँदै थियो। आइतबार बसेको काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरूले बैठकले निषेधाज्ञालाई खुकुलो पार्दै असार ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो।

भोलिदेखि सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर बिजोर प्रणाली भने हटाइने भएको छ।

तर,  कुल सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन। सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ। मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आग्रहसमेत गरेका छन्। यस्तै, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने छ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।  माइक्रोको तेस्रो सिटमा चार चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।

यस्तै, सार्वजनिक सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनपर्ने छ। सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्ने प्रजिअ पराजुलीले बताए। 

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरु प्रवेश गर्न पाउने छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया